हामीसँग जोडिनुहोस

डा. गौतम मेसुमा नियुक्त भए लगत्तै भक्तपुर अस्पतालमा बालबालिकाको निःशुल्क ओपीडी

2 मिनेट

भक्तपुर अस्पताललाई फेरी पनि नमूना अस्पताल बनाउने डाक्टर गौतमले बताउनु भएको छ । उहाँले भक्तपुर अस्पताललाई फेरी पनि उत्कृष्ट बनाउने, बन्द भएका सेवाहरु तत्कालै सूचारु गर्ने, यहाँका बेतिथिहरुलाई रोक्ने, भक्तपुर र पूर्वका बिभिन्न जिल्लाबाट आउने विरामीलाई उपचारका लागि रेफर भएर जानु नपर्ने गरि सेवा सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

===========================================

भक्तपुर, ३० भदौ : भक्तपुर अस्पतालले आजदेखि बच्चाको ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले ओपिडी सेवाका लागि लिदै आएको टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिनु भयो ।

यसअघि रोकिएको बेवारिसे विरामीको उपचार पनि अब अस्पतालले निःशुल्क गर्ने भएको छ । बेवारिसे शवको व्यबस्थापनसमेत रोकिएको अबस्थामा अस्पतालले निःशुल्क शव व्यबस्थापन गर्ने निर्णय गरेको छ । यसअघि अस्पताल प्रशासनले बेवारिसे विरामीको उपचार नगरी फर्काउने गरेको र विगतमा गर्दै आएको बेवारिसे शवको व्यबस्थापन समेत रोकेको थियो ।

वागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. सुमित्रा गौतमलाई बुधबार दोश्रो पटक नियुक्त गरेपछि उहाँले पदभार ग्रहण गर्दै अस्पताल विकास समितिसँग बसेको पहिलो बैठकमा यस्तो निर्णय भएको जानकारी दिनु भयो ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले डा. गौतमलाई अस्पतालमा स्वागत गर्दै समिति र अस्पताल व्यबस्थापनले विरामीको महत्वपूर्ण सेवा सञ्चालनकाबारेमा बिभिन्न निर्णयहरु गरेको अध्यक्ष सुवालले जानकारी दिनु भयो ।

कोरोमा भाइरस संक्रमणको जटिल अबस्थामा तत्कालिन मेसु रहदा डा.गौतमले भक्तपुरमै पहिलो पटक पीसीआर टेष्ट, स्वाब संकलन, कोरोना उपचार सेवा एवं भेन्टिलेटरसहितको कोरोना आईसियू, बच्चाको लागि एनआइसियू, एचडियूलगायन अन्य बिभिन्न सेवाहरु बिस्तार गर्नु भएको थियो ।

उहाँको कार्यकालमा भक्तपुर अस्पतालले समग्र मूल्याङ्कनमा ८२ अंक प्राप्त गरी २०७७ सालमा प्रदेश अस्पतालहरुमा सर्वोउत्कृष्ट अस्पताल घोषणा भइ पुरस्कार प्राप्न गर्न सफल भएको थियो । अस्पतालले गुणस्तरीय सेवा बिस्तार र सहज उपचार सञ्चालन गरेपछि अस्पतालमा दैनिक ८०० देखि १००० सम्म विरामीको चाप बढेको थियो ।

डा. गौतमको सरुवा गरि प्रदेश मन्त्रालयले सोही अस्पतालमा कार्यरत जुनियर डा.श्रीधर अर्याललाई निमित्त मेसुको जिम्मेवारी दिएपछि अस्पतालमा सञ्चालन हुदै आएको आइसियू तथा एचडियू सेवा बन्द भएको, कोरोनाको परीक्षण बन्द भएको, अस्पतालमा आएका बिरामीलाई निजी अस्पताल तथा क्लिनिकमा रिफर गरिएको, डा. अर्यालले तीन बजेपछि अस्पतालमै सञ्चालित पेइङ सेवामा मात्रै बिभिन्न शल्यक्रिया गर्ने गराउने र आफूले नगरेका शल्यक्रियाबाट समेत गैरकानूनी रुपमा बिभिन्न सेवाबाट कमिसन लिएर एक महिनामा पाँच लाखसम्म, भत्ता र कमिसन बुझेको र विरामीलाई गुणस्तरीय सेवा नदिएको भन्दै बिरोध हुदै आएको थियो ।

दैनिक १० हजार विरामीको उपचार हुदै आएको अस्पतालमा पछिल्लो समयमा दैनिक ४०० सम्म मात्रै विरामी आउने गरेको र कतिपय विरामीलाई निजी क्लिनिक तथा औषधि पसलमा पठाउने गरेको भन्दै बिरामीबाटै बिरोध हुने गरेको थियो । अस्पतालमा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा समेत पटक पटक उजुरी परेको प्रशासनका कर्मचारीले जानकारी दिएको छ ।

भक्तपुर अस्पताललाई फेरी पनि नमूना अस्पताल बनाउने डाक्टर गौतमले बताउनु भएको छ । उहाँले भक्तपुर अस्पताललाई फेरी पनि उत्कृष्ट बनाउने, बन्द भएका सेवाहरु तत्कालै सूचारु गर्ने, यहाँका बेतिथिहरुलाई रोक्ने, भक्तपुर र पूर्वका बिभिन्न जिल्लाबाट आउने विरामीलाई उपचारका लागि रेफर भएर जानु नपर्ने गरि सेवा सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।