
– अनिलराज शर्मा
मन आज उदास छ
नजानेको त्रासले
बिचित्रको औडाह
दियो आफ्नै श्वासले
किन कसो थाहा छैन
कता कता पोलेको छ
अडिग हुन् खोज्छु तर
मन मेरो डोलेको छ
के गरू कसो गरू
मन मुटु जलेको छ
अन्तरमनको कुण्डमा
अथाहअग्नि बलेको छ १
किन यस्तो डाह औडाह
मलाइ आज भया होला
सानिध्यका कोहि कतै
बिलखबन्दमा पर्या होला
नगरेकोमा पनि कैले
गरेको बात लाग्छ
नियत नहुदा पनि
नियतिको छाप लाग्छ
भूल केही हुदाँमा
हुन्न त्यसले केही क्षती
भूलबाट शिख नलिए
अनि हुने हो खती
जीवन रूपी चक्रमा यस्तो
आरोह अवरोह कति कति
आइ पर्ने बाधा अबरोधको
सामना गर्नै पर्छ डटी
कालचक्रको जालमा
दुस्ख(सुस्ख आउने गर्छ
उदासीको घुम्टो फ्याली
उमंगमा रमाउनु पर्छ
आज पो रात पर्यो
भोली बिहानी आउने छ्र
उदासीको बादल हटी
मनमा उमंग ल्याउने छ
मन आज उदास छ
नजानेको त्रासले
बिचित्रको औडाह
दियो आफ्नै श्वासले
साभार ।