
काठमाडौँ, असोज ३ ।
साफ महिला च्याम्पियनशिप अन्तर्गत फाइनलमा नेपालसँगको खेलमा बङ्ग्लादेशले अग्रता लिएको छ ।
दशरथ रङ्गशालामा भइरहेको खेलमा बङ्ग्लादेशले १४ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको हो । उसका लागि स्याम सुन्हारले गोल गरिन् ।
नेपालले आजको खेलमा सेमिफाइनलमा भारतलाई हराएको टोलीलाई खेलाएको छ । आजको खेलमा नेपालबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ छन् ।