हामीसँग जोडिनुहोस

मनमा राखेको छु

0 मिनेट

यसरी एउटा चाल, चलनमा रखेको छु
मन जलाउने लाई पनि मनमा राखेको छु।​

जसले धोका-घात भन्दा अरु केही दिएन
उसैलाई हरबखत सज्जनमा राखेको छु ।​

मेरो सम्पर्क बाट तिमी गुमनाम भएपछि
मैले सारा जवानी पवनमा राखेको छु ।​

उपहार भनी तिमिले नै पठाइदिएकी हौ
त्यी नै चोटको नाटक मञ्चनमा राखेको छु।​

खाली छ भने आउ त्यो सिउँदो भरिदिउँला
पवित्र यो शरीर मैले लगनमा राखेको छु ।​

जति कमाउँछौ आखिर सब छोडेरै जाने हो
कस्ले भन्छ यहाँ गोजि कफनमा राखेको छु।​

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।