
श्रावण २० । पहिरोको कारण बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा१ जनाको मृत्यु भएको छ र २ जना हराइरहेका छन् । पहिरोको कारण ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको ज्यान गएको हो । लाम्मेलाकी असारी श्रीपाली र उनका १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएका हुन् । त्यस्तै पहिरोमा परेर छ जना घाइते भएका छन् । करिब १ सय ५० मिटर माथिबाट खसेको पहिरोले ५ घरमा क्षति पुगेको छ ।