
दिल्ली, श्रावण २० । भारतले कश्मिरको राजधानी श्रीनगरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरी, विपक्षी मुस्लिम नेताहरुलाई नजरबन्दमा राखिएको छ । उनिहरुलार्य भारत सरकारले इन्टरनेट तथा टेलिफोन सेवामा समेत बन्देज लागाईकएको छ । श्रीनगरमा मध्यराति नेशल कन्फ्रन्सका नेता उमर अब्दुल्ला, पिडिपी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री मेहबुबा बुफ्ेती र कश्मिर पिपुल्क कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई घरमै नजरबन्द गरिएको छ ।
भारतकाे संविधानको धारा १४४ लागु गरी अर्को आदेश नभएसम्म यस क्षेत्रमा मानिसहरुले आवतजावत बन्द हुनुका साथै सबै शिक्षण संस्थाहरु पनि बन्द हुनेछन् । सरकारले कयौं शैक्षिक संस्थाका छात्राबास खाली गर्न आदेश दिएको छ ।
यसैबीच कश्मिरको पछिल्लो अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार विहान मन्त्रिपरिषद बैठक बोलाएका छन् । पाकिस्तानमा पनि संसदीय समिति बैठकमा यो विषयमा छलफल हुँदैछ । कश्मिरको पछिल्लो अवस्थाप्रति मुस्लिम देशहरुको संगठन अर्गनाइजेशन अफ इस्लामिक कन्ट्रिज ओआइसीले चिन्ता व्यक्त गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कश्मिरमा नयाँ संकटको चेतावानी दिइसकेका थिए ।