हामीसँग जोडिनुहोस

मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो : एमाले अध्यक्ष ओली

1 मिनेट

झापा, ०८ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशमा मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकमा रहेको निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्तो बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा एमालेले देशमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार चुनावको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले अबको एकरदुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो । यो चुनाव परिणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको उहाँले तर्क गर्नुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।