हामीसँग जोडिनुहोस

प्रधानमन्त्री देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता, चुनावी परिणाम र सरकार गठनका विषयमा कुराकानी

0 मिनेट

काठमाडौँ, २० मंसिर ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । चुनाव जितेर काठमाडौं फर्किएका कोइराला मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।
भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।
भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गर्नुभएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।