श्रावण २१ । भारतले संविधानको धारा ३७० खारेज इस्लामावाद–विवादित जम्मु र काश्मीर प्रदेशलाई छुट्याउने नियतले गर्यो । भारतको संविधानको धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने प्रावधान थियो ।
यसमा पाकिस्तानले आपत्ति जनाएको छ । जम्मु र काश्मीरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको हो । पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरेशीले भारतको यस कदमका बारेमा संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरुसँग छलफल गर्ने बताउँदै भारतको यो निर्णको ‘भत्सर्ना’ गरेका छन् ।