
जेठ ३, काठमाण्डौ ।
सरकारले लामोदुरीको सार्वजनिक गाडीको भाडा घटाएको छ ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०र१० रुपैयाँले मूल्य घटाएलगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
घटेको मूल्य आजदेखि नै लागू भएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक गाडीमा ३ दशमलव २० प्रतिशतले, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव १९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको छ ।अन्तरप्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।
गएको चैत २० गते प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी फेरि डिजेलमा १० रुपैयाँले घटाएको थियो । घटेको मूल्य अनुसार अब डिजेलको प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएको छ ।
यसअघि गएको चैत २० गते डिजेलको भाउ लिटरमा १० रुपैयाँले घट्दा गाडी भाडा घटेको थिएन ।
यसअघि स्वचालित मूल्य प्रणालीअनुसार डिजेलमा घटेको मूल्य ४ दशमलव ०६ प्रतिशत मात्रै भएकाले मूल्य समायोजन हुन नसकेको तर अब समायोजन गरिएको महानिर्देशक भट्टराईले बताउनुभयो ।२०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय विभागले गरेको थियो ।
Related
अन्य समाचार
नगरकोटमा पत्रकारसंग नगर प्रमुख जीवन खत्रीले भन्नुभयो : समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने गरि कलम चलाइदिनुहोस्
चाँगुनारायण मन्दिरमा नगर प्रमुख जीवन खत्रीद्धारा कलाकारलाई क्यान्भास हस्तान्तरण
चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीद्धारा एसईईमा चार जिपिएसहित उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई सम्मान