हामीसँग जोडिनुहोस

 फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानद्धारा बिभिन्न विद्याका आठ स्रष्टालाई सम्मान

2 मिनेट

भक्तपुर, ३० भदौ । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको साहित्यिक विमर्श एवं स्रष्टा सम्मान कार्यक्रममा आठ जना स्रष्टालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले भक्तपुरमा शनिवार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति डा.गंगाप्रसाद उप्रेतीले साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउदै आउनु भएका बिभिन्न व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गर्नु भएको हो ।

कार्यक्रममा फेडोल उत्कृष्ट सृजना सम्मानबाट भाषा आयोगका सदस्य मातृका पोखरेल, नियात्रा नेपालका महासचिव जय छाङ्छा, साहित्यिक पत्रिका नवप्रज्ञापनका सम्पादक नवराज रिजाल, आख्यानतर्फ लेखक एवं साहित्यकार रत्न प्रजापति, काव्यतर्फ प्रगतिशिल लेखक संघ भक्तपुरका अध्यक्ष गणेश घिमिरे मार्मिक, कला साधनातर्फ वरिष्ठ चित्रकार गणेश जीसी, प्रोत्साहनतर्फ नमोद राउत र सपना केसीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा निवर्तमान कुलपति डा.उप्रेतीले कोरोनाका कारण रोकिएको कार्यक्रमहरु धमाधम हुन थालेको बताउदै यस्ता सम्मान एवं पुरस्कारले क्रियासिल स्रष्टा, नविनतम कृति लेख्नेहरुलाई प्रोत्साहन मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रकाशित नयाँ कृति मार्फत क्रियासिल रहेका र बिभिन्न कृति लेख्ने अब्बल दर्जाका स्रष्टाहहरुलाई गरिने सम्मान सामाजिक दायित्व र प्रेरणाको श्रोत पनि हो, यस्ता कृतिले देश र समाजलाई सही मार्गमा लैजान नयाँ कृतिहरु जन्मिरहने छन् । समाजका लागि उपयोगी यस्ता कृतिले निरन्तरता पाउनु पर्छ ।”

साहित्यकारले आफ्नो सृजनशिलतालाई अझै उर्जाशिल बनाएर समाजलाई डा्र्याउने अपेक्षा राखेको बताउदै उहाँले साहित्य साधनाको उर्वरशिलता, साहित्यका शब्दसँगै कलाको माध्यमबाट संगीत र ललितकलाले पनि समाजलाई अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा राममणि ढुङ्गेलद्धारा लिखित मुक्तक संग्रह ‘चेतना चित्कार’ काबारेमा डा. फणिन्द्र निरौलाले र हाइकु संग्रह ‘शान्तिको गीत’ कोबारेमा डा. देवी नेपालले समालोचना गर्नुभएको थियो ।

कार्यक्रममा जनसाँस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, साहित्यका युद्धप्रसाद मिश्र प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्र निरौला, वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, सम्मानित व्यक्तित्व मातृका पोखरेल, प्रतिष्ठानका सदस्य खड्गबहादुर श्रेष्ठलगायतले साहित्यले देशलाई असल मार्गमा डोर्याउदै लैजानु पर्नेमा जोड दिनु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।