
भक्तपुर ३१, भाद्र : नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल भएको छ ! उक्त प्रतियोगितामा सुनपा ५ मा रहेको यूनिटी स्कुल द्धितीय, चानपा ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भएका थिए ! साथै सुनपा ३ स्थित इडेन गार्डेन स्कुल र सुनपा १० मा रहेको विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा सम्मन्न उक्त लोक नृत्य प्रतियोगितामा तयारी १५ विद्यालयले आपसमा प्रतिस्पर्धा गरेका थिए । पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरले नृत्य सँगसँगै अन्य विविध खेलकूद र बौद्धिक रुपमा विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराउँदै आएकोमा प्रशंसा गर्नु भयो ! साथै आफू स्वास्थ्य मन्त्री भए पश्चात पूर्ण रुपले स्वास्थ्य अवस्था सुदृढ गर्न लागि परेको बताउनु भयो । नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रमुख अतिथि माननीय स्वास्थ्य मन्त्रीलाई दोसल्ला ओडाई बधाइ एवं सफल र सफल कार्यकालको लागि शुभेच्छा दिनु भएको थियो ।
अध्यक्ष खड्काले शैक्षिक सत्र २०८१ देखि विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएकोमा लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद व्यक्त गर्नु भयो ! अध्यक्ष खड्काले निष्पक्ष निर्णायकको भूमिकामा रहने महेश गोदार, कल्पना राजचल र प्रेम श्रेष्ठ एवं कार्यक्रममा उपस्थित अतिथि र विद्यालय प्रतिनिधिलाई आभार प्रकट गर्नु भयो ।

कार्यक्रममा नेसनल प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, केन्द्रीय सदस्य जिबि खड्का, बागमती प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, नेसनल प्याव्सन भक्तपुरका बरिष्ठ उपाध्यक्ष शिव कृष्ण कवां, उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापा, कोषाध्यक्ष विक्रम थापा लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रम सेराटन बैँक्वेट सूर्यविनायक-९ जगातिमा सम्पन्न भएको थियो ।
Related

अन्य समाचार
प्रेस स्वतन्त्रता दिवसमा महासङ्घद्वारा ऐक्यबद्धता पदयात्रा
काठमाडौंमा गैरीगाउँ सुकुम्बासी बस्ती हटाउन सुरु
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।






