
भक्तपुर, २३ माघ : भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगढहरु काठमा बुट्टा भर्ने काममा तल्लिन थिए । नजिकै पृथ्वी नारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरु थिए ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले आज जब त्यस भोकेशनल एकेडेमीमा प्रवश गर्नुभयो, एकैछिन त्यहाँका कालीगढका हातले काठ खोपिरहेको दृश्यले उहाँको नजर तान्यो ।


उहाँले कालीगढको कलामा आफू पनि सहभागि हुने चाहना व्यक्त गर्नुभयो । एकैछिन कालिगढले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने सिकाए । त्यसपछि अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नु भयो ।
नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद रबिन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पत्तिसहित भक्तपुर पुग्नु भएका अधिराजकुमार एडवार्डले काष्ठकलामा बृट्टा भरेपछि यहाँको कलाकृतिको रुचीपूर्वक अवलोकन गर्नुभयो ।

भोकेसनल एकेडेमीले यहाँका काष्टकलादेखि मूर्तिकलासम्म पछिल्लो युवा पुस्तालाई तालिम दिएर सीप हस्तान्तरण गर्दै यसको संरक्षण गरेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराउनु भयो । अधिराजकुमार एडवार्डले एकेडेमीले नयाँ पुस्तामा कला हस्तान्तरण गर्न एकेडेमी सञ्चालन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
भक्तपुरको ऐतिहासिक शहरको भ्रमणमा आउनु भएका अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिहरुको अवलोकन गराउनु भएको थियो ।

त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिर लगायतको अवलोकन गरि भोकेसनल एकेडेमी पुग्नु भएको थियो । उहाँले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरि भक्तपुरमा तीन घण्टाको भ्रमण सकेर पुरीले व्यबस्थापनमा टुसामा नेपाली परम्परागत खाना खाएर अधिराजकुमार एडवार्ड फर्किनु भएको थियो ।
आजै बलायती अधिराजकुमारी डचेस सोफीले भक्तपर अस्पतालको प्रसुति वार्डको अवलोकन गर्नुका साथै भक्तपुरको ऐतिहासिक एवं सम्पदा सूचीमा रहेको दरबारस्क्वायर परिसरको अवलोकन गर्नु भयो । अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आउनु भएको थियो । आजै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोन गर्नु भएको थियो ।

मंगलबार नेपाल आउनु भएका उहाँहरू काठमाडौँस्थित बेलायती राजदूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुुने कार्यक्रम रहेको बताइएको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।
Related

अन्य समाचार
प्रेस स्वतन्त्रता दिवसमा महासङ्घद्वारा ऐक्यबद्धता पदयात्रा
काठमाडौंमा गैरीगाउँ सुकुम्बासी बस्ती हटाउन सुरु
काठमाडौँ – अमेरिका र इरान बीचको वार्ता निष्कर्षबिना टुङ्गिएपछि विश्व ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। विशेषगरी कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रतिब्यारेल १०० डलर नाघेको छ, जसले वैश्विक अर्थतन्त्रमा नयाँ दबाब सिर्जना गरेको छ। अमेरिकी राष्ट्रपति Donald Trump ले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेपछि बजारमा झनै अस्थिरता देखिएको हो। यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय तेल सूचकहरूमा परेको छ— Brent Crude को मूल्य ८.५% बढेर १०२.३७ डलर पुगेको West Texas Intermediate (WTI) ९% बढेर १०५.३४ डलर पुगेको यसअघि Washington D.C. र Tehran बीच दुई साताको ससर्त युद्धविराम र रणनीतिक रूपमा महत्त्वपूर्ण Strait of Hormuz खोल्ने सहमति भएपछि मूल्य घटेको थियो। तर वार्ता असफल भएपछि ऊर्जा आपूर्ति संकटको जोखिम पुनः बढेको छ। Strait of Hormuz विश्वको करिब २०% तेल ढुवानी हुने प्रमुख समुद्री मार्ग हो। यहाँ तनाव बढ्दा विश्वव्यापी इन्धन आपूर्ति सीधै प्रभावित हुन्छ। यसको असर केवल ऊर्जा क्षेत्रमा मात्र सीमित छैन— भारत र मलेसिया जस्ता मुलुकहरूले वैकल्पिक सुरक्षित मार्ग खोजिरहेका छन् एसियाली सेयर बजारमा गिरावट देखिएको छ ऊर्जा लागत बढ्दा महँगी (inflation) अझ बढ्ने संकेत देखिएको छ समग्रमा, यो घटनाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढाएको छ र आगामी दिनमा तेल आपूर्ति, मूल्य स्थिरता र भू–राजनीतिक तनाव कसरी विकसित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।






