भक्तपुर, १ बैशाख ः नयाँवर्ष आज २०८२ साल बैशाख १ गते ‘नगरकोट भ्रमण वर्ष–२०८२’ आजबाट सुरु भएको छ । नपाली नयाँवर्षको अवसर पारेर आजबाट नगरकोटमा सुरु भएको भ्रमण वर्ष १२ महिना अर्थात आउँदो चैत मसान्तसम्म सञ्चालन हुने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।
चाँगुनारायण, मण्डनदेउपुर, वनेपा र शखरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको भ्रमण वर्षको आज पहिलो दिन उद्घाटनसत्रसंगै बिभिन्न साँस्कृतिक कार्यक्रम, झाकी र र्याली प्रर्दशन भएको छ ।
चारवटै पालिकाबाट नगरकोट केन्द्रीत हुनेगरि टोलटोलबाट र्याली प्रर्दशन गरिएको छभने चारवटै पालिकाको झाकीसहितको बिभिन्न र्साँकृतिक कार्यक्रमहरु प्रस्तुत भइरहेका छन् । नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न चैत मसान्त अर्थात हिजो रात बस्दै गएका २८ हजार पर्यटकसंगै आज बिहानैदेखि नगरकोट पुगेका हजारौ पर्यटकहरुले यहाँको हिमाली दृश्य, बिभिन्न स्टलहरुको अवलोकन गरेको नगर प्रमुख खत्रीले जानकारी दिनुभयो ।
उहाँले नगरकोटमा एकैदिन एक लाख विदेशी पर्यटकलाई भित्रयाउने उदेश्यले आजबाट तीनदिन महोत्सवमय रुपमा र्पटन वर्ष सुरु गरेको बताउनुभयो । तीनदिनसम्म नगरकोटमा स्थानीय एवं घरेलु उत्पालनमा करिब ६० वटा स्टलहरु राखिएको उहाँले बताउनुभयो । २०८२ बैशाख १ गतेदेखि सुरु गर्ने भ्रमण वर्ष सुरु भएको बताउदै उहाँल भन्नुभयो, ‘आजबाट ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सुरु भएको छ । हजारौ पर्यटकले नगरकोट भरिएको छ । पर्यटकको आगमनले यहाँको रौनक बढाएको छ । भ्रमण वर्षले नगरकोटको मात्रै नभई चारवटै पालिकाका सबै क्षेत्रमा आर्थिक सम्बृद्धिको याचा तय भएको छ । यो भ्रमण वर्षले देशकै आर्थिक विकासमा टेवा पुर्याउछ ।’
भ्रमण वर्षको क्रममा वर्षभरि चारवटै पालिकाको नगरकोट केन्द्रीत संयुक्त कार्यहरु सञ्चालन हुने र आफ्ना नगरपालिकाहरुमा पनि पर्यटकीय गन्तव् बनाउने गरि थप कार्यक्रमहरु वडास्तरबाटै संचालन हुने उहाँले बताउनुभयो भ्रमण वर्षले चारवटै पालिकाको सम्पूर्ण क्षेत्रको ऐतिहासिक सम्पदा, कला, संस्कृति, प्राकृतिक सौन्दर्यता, बिभिन्न जातीय चाँडपर्व, यहाँका उत्पादनलगायतकाबारेमा स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी दिने र लुकेर रहेका पर्यटकीय क्षेत्रलाई उजागर गर्दै पर्यटकको बिकास गर्ने उदेश्यले भ्रमण वर्षको आयोजना गरेको नगर प्रमुख खत्रीले बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “२०८२ सालभित्र एक लाख विदेशी पर्यटक र लाखौ आन्तरिक पर्यटक भित्रयाउने लक्ष्यका साथ दीर्घकालिन रुपमा नगरकोटको बिकास र सम्बृद्धिको यात्रा तय गर्न नगरकोट भ्रमण वर्ष–२०८२ को तयारी सुरु गरेका छौँ, नगरवासीका प्रत्येक घरघरबाट सहभागिता रहने गरि भ्रमण वर्ष मनाउँछौँ, यसले नगरकोटको लुकेका सयौ विषय र संरचनालाई उठाउने छ भन्ने विश्वास लिएका छौँ ।” नगरकोटबाट देखिने सूर्योदय, सूर्यास्त र हिमाली दृश्य मात्र नभई यहाँका वडा नं. १ देखि ९ सम्मका सम्पदामा पर्यटकलाई पुर्याउने र यहाँकाबारेमा देश र विदेशमा सन्देश प्रवह गर्न भ्रमण वर्ष सफल हुने बताउनुभयो ।
नगर प्रमुख खत्रीले भ्रमण वर्षमा आउने पर्यटकलाई नगरकोटको साथै भक्तपुर, काभ्रको मण्डन देउपुर, बनेपा, काठमाडौंको शंकरापुर नगरपालिकाका होटल एवं यहाँका होमस्टेहरुमा सुविधायुक्त रुपमा खान र बस्ने व्यबस्थापन गरिएको बताउनभयो । नगरपालिकका उपप्रमुख रमेश बुढाथोकीले चारवटै पालिकाको पर्यटनको माध्यमबाट समग्र आर्थिक बिकास गर्ने लक्ष्यका साथ संयुक्त रुपमा भ्रमण वर्षको आयोजना गरेको बताउनुभयो । उहाँले नगरकोटसंग सिमाना जोडिएका चारवटै पालिकाले संयुक्त रुपमा काम गरे यो क्षेत्रको विकासले फड्को मार्ने बताउदै दीर्घकालिन योजना बनाएर भ्रमण वर्ष सुरु भएको बताउनुभयो ।
नगरकोट पुग्ने सबै सडकहरु स्तरोन्नती गरेको, चारवटै पालिकाबाट सहजै नगरकोट पग्ने व्यबस्था गरेको, काठमाडौ नगरकोट सिधा बस सञ्चालन गरेको, नगरकोटलाई सिंगारिएर झकिझकाउ बनाएको बताउदै भ्रमण वर्षले पर्यटन व्यवसायीलाई समेत उत्साहित बनाएको बताउनुभयो ।