हामीसँग जोडिनुहोस

पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदी रिहा

0 मिनेट

काठमाडौँ,१७ वैशाख।

पाकिस्तानमा जेलमा रहेका ८२० जना अफगानी कैदीलाई रिहा गरिएको छ।

उनीहरूलाई गत साता रिहा गरी स्वदेश फर्काइएको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले मङ्गलबार जानकारी गराएको हो।

ती बन्दीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै अफगानिस्तान फर्केको मन्त्रालयले जनाएको छ।

अहिले विदेशमा बसिरहेका करिब ७० लाख अफगानी शरणार्थीहरु अधिकांश कागजातविहिन रहेका छन् र उनीहरूमध्ये अधिकांश छिमेकी देश पाकिस्तान र इरानमा बसोबास गरिरहेका छन्।

अफगानिस्तानको अन्तरिम सरकारले शरणार्थीहरूलाई घर फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माणमा योगदान गर्न बारम्बार आह्वान गर्दै आएको छ।
 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।