हामीसँग जोडिनुहोस

सर्वा्धिक खोजी गरिएकी आइरिस किशोरीको शव फेला

1 मिनेट

मलेसिया, श्रावण २८ । मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ताद्वारा व्यापक खोजी गरिएको मलेसियाको जंगलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन्। उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन्। परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तीब्र बनाएको थियो। राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो । सानैदेखि मानसिक रूपमा स्वस्थ नरहेकी नोराको खोजीका क्रममा हेलिकोप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो । विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।