
नारायण थापा, भक्तपुर, श्रावण ३१ । देशभरका नेवार समुदायले गाईजात्रा पर्व आज मनाउदैं गर्दा भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आजदेखि आठ दिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । प्रस्तुत छ भक्तपुरका गाईजात्राका केहि झलकहरु