
श्रावण ३१ । राष्ट्रसंघ सुरक्षा परिषदमा भारतले जम्मु कश्मीरको विशेष दर्जा फिर्ता लिएसँगै उत्पन्न समस्याको समाधानको विषयमा आकस्मिक बैठक बस्दैछ । सुरक्षा परिषदको बैठकको पहिलो एजेन्डा कश्मीर मुद्दा रहेको छ । बैठकमा भारत र पाकिस्तान सीमा क्षेत्रमा भएको गोलाबारीको समेत चर्चा हुने भएको छ । भारत–पाकिस्तान बीच यसबीचमा भएका दोहोरो गोलीबारीमा सैनिक र गैरसैनिकको मृत्यु भएको थियो । जसमा दुवै मुलुकले एक अर्कालाई दोष दिँदै आएका छन् । दोहोरो गोलाबारीका कारण पाकिस्तानका तीन सैनिकको मृत्यु भएको थियो । पाकिस्तानका गैर सैनिक पनि भारतीय सैनिकले चलाएको गोलीले मृत्यु भएको बताइएको छ । उक्त गोलीबारीमा बिहीबार मात्रै ५ भारतीय सैनिकको मृत्यु भएको बताइएको थियो । जसलाई भारतले भने अश्वीकार गरेको छ ।