
काठमाडौ, भाद्र ४ । ‘लिलिबिलि’ र ‘लभ स्टेशन’ स्क्रिन शेयर गरेका अभिनेत्री जसिता गुरुङको अभिनेता प्रदीप खड्का रिल र रियल लाइफमा पनि प्रेमी जोडी भएको केही मिडियाले चर्चा चलेको थियो तर सो चर्चा त्यसै सेलाएर गयो । ‘लिलिबिली’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री जसिताको अब भने धिरज मगरसँग जोडी जम्ने भएको छ । कोरियोग्राफरबाट निर्देशनमा होमिएकी रेनेशा वान्तवा राई राणाको फिल्म ‘आइएम ट्वान्टी वन’मा उनी धिरजको जोडी बन्ने भएकी हुन् । जसको लागि निर्माण युनिटले उनीसँग हालै सम्झौता गरेको छ । यो फिल्मको छायाँकन तिहार सके लगतै हुनेछ । यसको तयारी अहिले धमाधम चल्दैछ ।