
भाद्र ४ । यही १० गतेदेखि भृकुटीमण्डपमा हुँन गइरहेको नाडा अटो शोमा बाइक कम्पनी बेनेलीले १ सय ५० सीसीको मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले बेनेली टीएनटी १५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । ८५०० आरपीएममा १२।०६ बीएच पावर उत्पादन गर्ने कम्पनीले बताएको छ। यस मोटरसाइकलको इन्जिनमा ५ स्पिड म्यानुयल गियरबक्स रहेको छ भने १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ।
१३० किलोमिटर प्रतिघण्टा टप स्पिड रहेको ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिने बताइएको छ। यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको नेपालको लागि आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बताएको छ।