
४ भाद्र २०७६ । ब्राजिलको रियो द जेनीरोमा ३७ जनालाई बन्धक बनाएर बस हाइज्याक गर्ने एक व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ । विलियम अगस्टो दा सिल्भा नामक ती व्यक्ति बिहान ५ः२५ मा बन्दूक देखाउँदै बस चढेका थिए । पछि त्यो नक्कली बन्दूक भएको पत्ता लाग्यो । मुकुण्डो लगाएका दा सिल्भाले पुलको बीचमा पुगेको गाडीमा आगो लगाउने धम्की दिएका थिए । उनले बन्दूकका साथै चक्कु पनि बोकेका थिए ।