
भाद्र ४ । निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले एक वर्षअघि दिएको जाहेरीका आधारमा फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् । उनीहरुले फिल्म ‘लिलिबिलि’बाट शाहीले करिव ८८ लाख दिनुपर्नेमा नदिएको आरोपसहित उजुरी दिएका थिए ।
‘लिलिबिलि’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बुझिएको छ ।