
६ भाद्र २०७६ ,काठमाडौ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तानबीच भएको खेल नेपालले २६–२४ को सानदार जित हाँसिल गरेको छ । टेकराज अवस्ती, कुलबाहादुर थापाले पाएका मौकाहरु राम्रो सँग प्रयोग गरेका थिए । राजकुमार निरौलाले पनि उत्कृष्ठ खेल देखाएका छन् ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा अफगानस्थिानलाई हराँउदै नेपाल पाचौँ स्थान हाँसिल गरेको छ । नेपालले अफगानिस्तानसँग २५–२३ को प्रतिष्पर्धात्मक सेट आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भने नेपालले गुमायो । अफगानिस्तानले पनि २५–२३ कै प्रतिष्पर्धात्मक सेट जित्यो ।
समूह चरणको खेलबाट दुवै टोली तेस्रो स्थानमा रहेका थिए । नेपाल समूह ‘ए’को दुवै खेलमा नेपाल पराजित भएर तेस्रो बनेको थियो भने समूह ‘बी’मा बंगलादेशलाई पराजित गरी अफगानिस्तान तेस्रो भएको थियो ।