हामीसँग जोडिनुहोस

मेस्सी र रोनाल्डोलाई पछि पार्दै भ्यान डाइक सर्वोत्कृष्ट !

1 मिनेट

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन्  । महिलातर्फ भने इंग्ल्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट महिला खेलाडी अवार्ड जितिन् ।

२७ वर्षे भ्यान डाइक सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल भित्रिएका थिए । गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउनमा भान डाइकको ठूलो भुमिका रहेको थियो ।

युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले डायकलाई अवार्ड दिएको हो ।डायकले ३०५ अंक पाएका छन् । यस्तै मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका छन् । डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए ।  उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए ।

डायक ‘युईएफए प्लेयर अफ दि इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन्  । यस्तै डायकले ुडिफेन्डर अफ दि सिजनु अवार्ड समेत जितेका छन् ।सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यो अवार्ड जितेका थिए । यसपटक मनोनयनमा परेका रोनाल्डो र मेस्सी दुवै लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे ।

उपाधीका लागी शीर्ष १० मा पर्न सफल अन्य खेलाडीमा एलिसन बेकर, साडियो माने, मोहमद सलाह, इडेन हाजार्ड, म्याथिस डे, लिग्ट फ्रानकी डे जोङ,रहिम स्टरलिङ रहेका थिए

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।