हामीसँग जोडिनुहोस

अफगानिस्तान युद्धः अमेरिकाले ५४ सय सेना फिर्ता लैजाने सहमति

1 मिनेट

वाशिङटन । संयुक्त राज्य अमेरिकाले तालिबान लडाकु समूहसँगको सैद्धान्तिक सहमतिुको एउटा हिस्साको रूपमा २० हप्ताभित्र ५४ सय फौज फिर्ता लैजाने वाशिङटनका एक उच्च वार्ताकारले बताएका छन्।

अफगान नेताहरूलाई जानकारी गराएपछि जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्। तर उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सहमतिलाई अनुमोदन गर्नुपर्ने बताए ।

उनको अन्तर्वार्ता प्रसारण भएपछि राजधानी काबुलमा एउटा ठूलो विस्फोट भएको छ। तालिबान समूहले हमला पछाडि आफ्नो हात रहेको जनाएको छ।

विस्फोटमा कम्तीमा पाँचजना सर्वसाधारण मारिएका छन् भने कैयौँ घाइते भएका छन्। अफगान फौजलाई लक्षित गरी आक्रमण गरेको तालिबानले जनाएको छ। विदेशीहरू बस्दै आएको एउटा भवनको परिसरलाई बमले निशाना बनाएको थियो र तालिबानले त्यसमा बन्दुकधारीहरू संलग्न रहेको जनाएको छ।

आक्रमणले तालिबानसँगको अमेरिकी वार्ताहरूबाट अफगानिस्तानको दैनिक हिंसा अन्त्य नहुने र सर्वसाधारणमाथि पर्ने असरलाई सङ्केत गरेको छ।

बीबीसी संवाददाता लीज डुसेट भन्छिन्,’अफगान तालिबान र संयुक्त राज्य अमेरिकाबीचको एउटा निकै महत्त्वपूर्ण र संवेदनशील सहमतिका विवरण सार्वजनिक भएको यो पहिलो पटक हो। यो सहमतिले अमेरिका संलग्न सबैभन्दा लामो युद्ध अन्त्य गराउन र अफगानिस्तानलाई शान्तितर्फ डोर्‍याउन खोजेको छ।’

सन् २००१ मा अमेरिकाले अतिक्रमण गरेयताकै सबैभन्दा ठूलो भूभागमाथि अहिले तालिबानको नियन्त्रण छ। अमेरिकी कठपुतलीको रूपमा व्याख्या गर्दै आएको अफगान सरकारसँग वार्ता गर्न तालिबानले हालसम्म अस्वीकार गर्दै आएको छ।

तालिबान-अमेरिका सहमतिका रणनीतिकार खलिलजादले खाडी मुलुक कतारमा भएका नौ चरणका शान्ति वार्तापछि निष्कर्षमा पुगिएको टोलो न्यूजसँगको अन्तर्वार्तामा बताए।

सैनिक फिर्तीको बदलामा तालिबानले अमेरिका र उसका साझेदारविरुद्ध आक्रमण गर्नेहरूका लागि अब कहिल्यै अफगानिस्तानलाई अखडा बन्न नदिने सुनिश्चित गर्नेछ।

खलिलजादले भने, ‘यदि सहमति अनुसार शर्तहरूको पालना गरिए हामी पाँचवटा अखडाबाट १३५ दिनभित्र फिर्ता हुनेछौँ।’ अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक छन्।

तालिबान समूहका प्रवक्ताले बीबीसीसँगको लिखित कुराकानीमा खलिलजादले सार्वजनिक गरेका विवरण सत्य भएको पुष्टि गरेका छन् । अफगान राष्ट्रपति अशरफ गनीले कुनै धारणा बनाउनुअघि सम्झौताको अध्ययन गर्ने उनका एक प्रवक्ताले सोमवार बताएका थिए। तालिबान शान्तिप्रति प्रतिबद्ध रहेको कुराको प्रमाण अझै आवश्यक भएको उनले बताए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।