
२० भाद्र २०७६ । ४३ वर्षीया जेनिफर टल्बोटला अमेरिकी महिलालाई फिलिपिन्सबाट एक एउटा नवजात शिशुलाई लिएर जान लागेको भन्दै ह्युमन ट्राफिकिङ्गको आरोपमा विमानस्थलमा बुधबार पक्राउ गरिएको छ । उनी अमेरिका जान लागेकी थिइन् । अधिकारीहरुका अनुसार ती महिलाले सो बच्चाको बारेमा अध्यागमनका अधिकारीलाई केही पनि बताएकी थिइनन् । फिलिपिन्सको नेशनल व्युरो अफ इन्भेस्टिगेसन(एनबीआइ)ले सो बच्चालाई ती महिलाले जबर्जस्ती लिएर जान लागेको आरोप लगाएको छ । सो बच्चाको आमा र बाबुलाई पनि बाल संरक्षण कानुन अन्तर्गत कारवाही हुने जनाइएको छ ।