हामीसँग जोडिनुहोस

विश्वकप छनोटमा नेपाल कुवेतसँग ७–० गोलले पराजित

1 मिनेट

२० भाद्र २०७६ । फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा कुवेतसँग नेपाल ७ – ० गालले पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको हो । कुवेतको जविर अल अहमेद इन्टरनेश्नल मैदानमा भएको खेलमा कुवेतका लागि युसेफ नासिरले खेलको छैटौं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् । त्यस्तै खेलको १३ औँ मिनेटमा फहाद अल हजेरीले गोल गर्दै केवेतको अग्रता दोब्बर पारे ।
खेलको ५० औँ मिनेटमा नासिरले व्यत्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० गोलको अग्रता दिलाए । कुवेतका लागि अब्दुल्हा मोहीले खेलको ५९ औँ मिनेटमा गोल गर्दै कुवेतलाई जिततर्फ अगाडी बडाए ।
खेलको बडेर अल मुटवा ६७ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ५–० को अग्रता दिलाए । निकैनै आक्रमक भएको कुवेतका लागि खेलको इन्ज्यूरी समयमा रेड हनीले गोल गर्दै कुवेतलाई ६–० को अग्रता दिलाए । हुसेन अल मुसावीले गोल गर्दै ७–० गोलको सहज जित दिलाए ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गरेको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।