हामीसँग जोडिनुहोस

एशियाकप क्रिकेटमा नेपालद्वारा श्रीलंकासामू १ सय ५९ रनको चुनौति

1 मिनेट

२० भाद्र २०७६ । १९ वर्षमूनिको एशिया कप क्रिकेटमा नेपालले श्रीलंका सामू १ सय ५९ रनको चुनौति पेस गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा झारिएको खेलमा ९ विकेट खर्चेर १ सय ५९ रन बनायो। रणसिंगे प्रेमदासा अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा खेल चलिरहेका बेला बर्षा भएपछि ४२ ओभरमा झारिएको थियो। नेपालले ९ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि रोकिएर सुरु भएको थियो। रित गौतमले अर्धसतकीय पारी खेले। ८६ बलको सामना गरेका उनले ४ चौकाको मद्धतमा ५४ रन बनाए। नेपालका लागि गौतमले बनाएको ५४ रन नै सर्वा्धिक रन बन्यो। रोहित कुमार पौडेलले ४७ रन बनाउँदा रासदि खानले १५, हरि बहादुर चौहानले १२ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन नै बनाउन सकेनन्। श्रीलंकाका दिलसान मधुशंका र नाभोद दिलुश्रीले समान ३–३ विकेट लिए। १ सय ६० रनको विजयी लक्ष्य पछ्याउँदै श्रीलंकाले ब्याटिङ गर्दैछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।