हामीसँग जोडिनुहोस

नाडाल १९औं ग्रान्डस्लाम उपाधिको लागि फाइनलमा प्रवेश

1 मिनेट

२२ भाद्र २०७६ ।  दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । न्युयोर्क्स्थित फ्लुसिङ मिडोजमा शनिबार भएको सेमिफाइनलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौंपटक यूएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । नाडाल यसअघि २०१०, २०११, २०१३ र २०१७ को फाइनलमा प्रवेश गरेका थिए । २०१० बाहेक सबैमा नाडाल विजयी भएका थिए । नाडालले सुरुको सेटमा संघर्ष गर्नुपरे पनि त्यसपछिको दुई सेटमा खासै मिहिनेत गर्नुपरेन । पहिलो सेटमा नाडाल ७–६ (८–६) ले विजयी हुन सफल भएको थियो । दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा नाडाल ६–१ ले विजयी हुन सफल भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।