हामीसँग जोडिनुहोस

बियान्कालाई यूएस ओपन उपाधि

1 मिनेट

२३ भाद्र २०७६, न्यूयोर्क । १९ वर्षीया बियान्का एन्ड्रीस्कुले यूएस ओपन टेनिस च्याम्पियनसिपअन्तर्गत महिला सिंगल्सको उपाधि जितेकी छन् । शनिबार राति न्युयोर्क्स्थित आर्थर एस कोर्टमा भएको फाइनल खेलमा क्यानेडियन बियान्काले २३ पटककी ग्रान्ड स्लाम च्याम्पियन सेरेना विलियम्सलाई ६–३, ७–५ ले हराएकी हुन्।
बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी छिन् । १९६८ पछिको ओपन इरामा कुनै ग्रान्डस्लाम उपाधि जित्ने उनी पहिलो क्यानेडियन खेलाडीसमेत बनेकी छिन्।
फाइनलसम्मको यात्रा गर्दा शानदार प्रदर्शन गरेकी सेरेनाले उपाधि भिडन्तमा भने निराशाजनक प्रदर्शन गरेकी थिइन्। सेरेना सर्भिसबाटै चुकी रहेकी थिइन्। उनले ८ पटक डबल फाल्ट गरेर सर्भिसमै अंक गुमाएकी थिइन्।
तर उनले बियान्का ६–३, ५–१ ले अगाडि रहेको स्थितिमा आफ्नो २० वर्षको अनुभव प्रस्तुत गरेकी थिइन्। उनले बियान्काकै सर्भिसमा म्याच प्वाइन्ट बचाउँदै पुनरागमन गरेर दोस्रो सेट ५–५ ले बराबरी पुुर्याउन सफल भएकी थिइन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।