
२ असोज २०७६ । इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ। राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उनीहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । “विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर २३ तारिखका दिन न्यूयोर्क जाने कार्यक्रम थियो, तर उनीहरूले न्यूयोर्क जानका लागि प्रवेशाज्ञासम्बन्धी प्रक्रिया अगाडि नबढाएकाले जाने सम्भावना देखिएको छैन,” इरानी समाचार संस्थाले लेखेको छ ।