हामीसँग जोडिनुहोस

बार्सिलोना नेइमार भितर्याने प्रयास, पिएसजी बिदा गर्नै नचाहाने

1 मिनेट

३ असोज २०७६ । बार्सिलोनाले नेइमारलाई यहि समरमा क्लबमा भित्र्याउनका लागि सक्दो र हुनेसम्मका सबै प्रयास गरेको तर पेरिस सेन्ट–जर्मेन (पिएसजी) नै उनलाई क्लबबाट बिदा गर्न तयार नभएको बार्सिलोनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले बताएका छन् । बार्सिलोनाका सिइओ ओस्कार ग्राउले भनेका छन्, ‘हामीले सम्भव भएसम्मका सबै प्रयास गरेका हौँ। शायद पिएसजी नेइमारलाई बेच्ने पक्षमै थिएन ।’ समर ट्रान्सफर विण्डोभर २७ वर्षका नेइमार बार्सिलोना फर्किने चर्चा भयो । तर लगातारको प्रयासका बाबजुद उनी बार्सिलोनामा अनुबन्धित हुन सकेनन् । उनी दुई वर्षअघि विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।
बार्सिलोनाका सिइओ ओस्कारले भनेका छन्, ‘हामीले नेइमारलाई भित्र्याउनका लागि निकै ठूलो प्रयास गरेका हौँ ।’
उनले अघि भने , ‘सम्भव भएसम्मका सबै प्रयास गरेका हौँ । हामीले दुईपटक औपचारिक प्रस्ताव नै र्गयौँ, जसमा खेलाडीसहित र खेलाडी रहित थियो । तर हामीलाई लाग्यो कि पिएसजी उनलाई क्लबबाट बाहिर पठाउने पक्षमै थिएन ।’
बार्सिलोनाले खेलाडीका सम्बन्धमा कहिले पनि सम्झौता नगर्ने र राम्रा खेलाडी क्लब भित्र्याउने अवसर कसै गरे पनि खेर नफाल्ने प्रयासमा आफूहरु रहने उनले बताए ।
बार्सिलोना भित्रने प्रयासमा रहेका नेइमार पिएसजीका सुरुका पाँच खेलमा मैदान बाहिर रहे । अनुबन्धन प्रयास असफल भएपछि उनी गएको हप्ता पिएसजीको टिममा फर्किएका छन् ।
उनकै गोलको सहयोगमा पिएसजीले जित निकाले पनि समर्थकले उनी विरुद्ध हल्लाखल्ला गरे । खेलपछि नेइमारले घरेलु मैदानमै हुने खेल पनि आफ्ना लागि अवे मैदानको जस्तै हुने बताएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।