हामीसँग जोडिनुहोस

शे-फोक्सुण्डो गाउँपालिकामा नमस्ते मोबाइल सेवा सुरू

1 मिनेट

सञ्चारको पहुँच नपुगेको माथिल्लो डोल्पामा नमस्ते मोबाइलको सेवा सुरु भएको छ । शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा पहिलो पटक नमस्ते सेवा सुरु भएको हो ।

दूरसञ्चार प्राधिकरणले गाउँपालिकामा सेवा विस्तार गर्ने क्रममा शे-फोक्सुण्डो गाउँपालिकामा सेवा दिएको हो । गाउँपालिकाका अध्यक्ष टासिटुण्डुप गुरुङले उद्धाघटन गर्दै अब माथिल्लो डोल्पाको ६० प्रतिशत नगारिक सञ्चारमा जोडिएको दावी गरे ।

शे-फोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको क्षेत्र साल्दाङ,नाम्दो,काराङ,तिलिङ कोमासलगायतका क्षेत्र पहिलो पटक मोबाइल सेवामा जोडिएका छन्। सूचना र सञ्चारबारे राम्रो जानकारी नभएका भोटवासीले घरमा बसेर हातहातमा मोबाइलबाट देश विदेशमा कुरा गर्न पाउँदा चकित परेको स्थानीय सोनामफुन्जो गुरुङले जानकारी दिए ।

स्थानीय छिरिङछोइके लामाले भने,’ हप्ता दिन लगाएर प्रतिमिनेट १० रुपैयाँ तिरेर फोन गर्न जानुपर्थ्यो।अब ती दिन गएकी भन्ने लागेको छ।’ यस भन्दा पहिला गाउँपालिकाको केन्द्रबाट प्रतिमिनेट ५ रुपैयाँ तिरेर आफन्तसँग कुरा गर्ने गर्दथे । नमस्ते मोबाइले सेवा सुरु भएसँगै स्थानीयको खुसी भएका छन्। शे-फोक्सुण्डो गाउँपालिकाका अझै पनि ४० प्रतिशत नागरिक सञ्चारको पहुँचभन्दा बाहिर रहेको गाँउपालिका अध्यक्ष टासीटुण्डुप गुरुङले जानकारी दिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।