
१० असोज २०७६ । फेसबुकले ‘फुलबडी अवतार’ ल्याउने भएको छ । फेसबुकको रियालिटी ल्याब्सले यस्तो जानकारी गराएको हो । थ्रीडी रियल वल्र्डका वातावरणलाई एक ठाउँबाट अर्को ठाउँ पठाउने टेलिपोर्टिङ एआर ग्लास पनि उसले ल्याउन लागेको छ । वास्तविक संसारका दृश्यलाई उपभोक्ताले एआर ग्लासको उपयोग गरी विश्वको जुनसुकै ठाउँमा पु¥याउन सक्ने गरी यो प्रविधिको विकास गरिँदैछ । भर्चुअल रियालिटीले हामीलाई डिजिटल वल्र्डमा साथीहरूसँग अन्तरक्रिया गर्न सुविधा उपलब्ध गराउँछ । एआरको संयोजनपछि प्रविधिबाट उपभोक्ताले नयाँ नयाँ सिर्जना गर्न र नयाँ अनुभवहरूको साटासाट गर्न पाउँछन् ।
यो प्रविधिको प्रयोग गरी उपभोक्ताले भर्चुअल वल्र्डलाई अर्कोमा परिवर्तन गर्न सक्ने क्षमता प्राप्त गर्छन् । हरेक सेकेन्डमा अनुहारमा देखिने परिवर्तन दोहिरिन सक्छ । फेसबुकले यसको मद्दतले एक्लै बस्ने परिवारका टाढा सदस्यसँगको एक्लोपन साट्न सक्ने जनाएको छ । वास्तविक समयमा अनुहारका गतिविधिलाई फुलबडी अवतारको रूपमा प्रस्तुत गर्न यो प्रविधि सक्षम भएको छ । यो थ्रिडी मोडलको रियल वल्र्ड पठाउन मिल्ने गरी बनाइएको छ । दुई जनाले रियल वल्र्डमा आफ्ना अवतार बनाउन सक्छन् ।