
१७ असोज २०७६, तस्विर: जमिन राई
,
शैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि शुक्रबार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिनुभयो । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएको पौडेलले बताउनुभयो । अहिले राजधानी भित्रिने क्रम भने न्यून भएको छ ।