हामीसँग जोडिनुहोस

तितो बोल्छौँ हामी अनि तितो बोल्छौः दीपाश्री

1 मिनेट

१९ असोज २०७६ ।
निर्देशक दीपाश्री निरौला र उनको टिमलाई छुच्चो भन्नेहरु बढेका छन । विशेषगरि, कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला चलचित्र क्षेत्रमा देखिएको विकृतीको बिषयमा कडा रुपमा नै प्रस्तुत भैरहेका छन । कलाकार दीपकराज गिरीले त अनसन नै बस्न सक्ने संकेत दिइसकेका छन ।

असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा सहयोगी निर्देशकको रुपमा देखिएकी दीपाश्री भन्छिन्–‘हो, हाम्रो टिम छुच्चो छ । हामी कडा नै बोल्छौ ।’ उनका अनुसार, अरुलाई जनचेतना जगाउने मानिस आफ्नै क्षेत्रको विकृतीको बिषयमा टुलुटुलु हेरेर बस्न सक्दैन । उनी भन्छिन्–‘हामी नबोलेर को बोल्ने ? अहिले त एक्लै बोलिरहेका छौ । तर, महाभारतमा पनि त्यती धेरै योद्धा हुँदा बोल्ने त एकजना कृष्ण मात्र थिए नी ।’

दीपाश्रीले आफ्नो टिमलाई कृष्णको संज्ञा दिदै भनिन्–‘कोही न कोहीले त यो क्षेत्रको विकृतीको बिषयमा बोल्नैपर्छ । अरुलाई सचेत गराउनैपर्छ ।’ असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ अघिल्लो चलचित्र ‘छक्का पन्जा’को निरन्तरता नभएको उनको भनाई छ । उनले भनिन्–‘कलाकार उही भएपनि हामीले प्रस्तुती र कथावस्तुमा फरक गरेका छौ । गीत पनि नयाँ शैलीको ल्याएका छौ ।’

यसपटक, चलचित्रमा कमेडी मात्र नभएको उनको तर्क छ । कमेडीसँगै सामाजिक बिषयवस्तुलाई पनि उठाइएकाले उनले ‘छ माया छपक्कै’लाई एउटा प्रयोग समेत भनेकी छिन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।