हामीसँग जोडिनुहोस

आइफोन ११ को माग उच्च, १० प्रतिशतले बढ्यो उत्पादन

1 मिनेट

१९ असोज २०७६ ।

एप्पलले हालै लञ्च गरेको आइफोन ११ सिरिजका स्मार्टफोनहरुलाई प्रयोगकर्ताहरुले रुचाएका छन् । अपेक्षाभन्दा बढी सकारात्मक प्रतिक्रिया मिलेसँगै एप्पलले आइफोन ११ को उत्पादन १० प्रतिशतले बढाएको छ ।

आइफोन ११ को माग उच्च हुनुमा यसको मूल्य एउटा कारण हुनसक्छ । आइफोन ११ को मूल्य आइफोन १० को भन्दा कम छ । एप्पलले आफ्नो इतिहासमै पहिलोपटक पूरानो मोडेल भन्दा कम मूल्यको नयाँ मोडलको आइफोन सार्वजनिक गरेको थियो यो पटक । सोही कारण पनि आइफोन ११ प्रति उपभोक्ताहरु आकर्षित भएका हुन् ।

उत्पादनमा वृद्धि गरेसँगै अब एप्पलले ८० लाख गोटा आइफोन ११ बनाउनेछ । एप्पलले गत सेप्टेम्बरमा आइफोन ११ स्मार्टफोन लञ्च गरेको थियो । उक्त सिरिजमा आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स गरी तीनवटा आइफोन रहेका छन् ।

यी सबै आइफोन ए १३ बायोनिक चिपसेटयुक्त रहेका छन् । तथापि स्क्रिन साइज र क्यामरा सेटअप भने मोडेल अनुसार फरक छ । आइफोन ११ मा ६।१ इन्चको रेटिना डिस्प्ले रहेको छ भने आइफोन ११ प्रो मा ५।८ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । त्यस्तै आइफोन ११ प्रो म्याक्समा चाहीँ ६।५ इन्चको सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । एजेन्सीको सहयोगमा

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।