हामीसँग जोडिनुहोस

रुसको पत्रकार इरानद्वारा रिहा

1 मिनेट

२३ असोज २०७६ ।
इरानले पक्राउ परेका रुसका एक पत्रकारलाई मुक्त गरेको छ । इजरायली गुप्तचर निकायसँग सम्पर्क भएको आरोपमा ३८ बर्षीया युलिया युजिक तेहरानका गत हप्ता पक्राउ परेकी थिइन ।

उनलाई प्रवेशआज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको इरानी सरकारका प्रवक्ताले बताएका छन् । तर रसियाली दूतावासले उनलाई इजरायली सुरक्षा सेवामा काम गरेको आरोप लगाएको छ ।

रसियाली विदेश मन्त्रालय र तेहरानमा रहेको रूसी दूतावासको संयुक्त प्रयासमा इरानले रुसी पत्रकार युलियालाई रिहा गर्ने निर्णय गरेको दूतावासले ट्वीटरमार्फत जानकारी दिएको छ ।

युलिया मस्को फिर्ता हुने उडानबाट रुसी राजधानीमा अवतरण गरेकोे युलियाका पूर्व पतिको ,रूपमा चिनिन पत्रकार बोरिस भोइटसेखोभस्कीे फेसबुकमा बताएका छन् ।

गिरफ्तारीको अवस्था स्पष्ट गर्न रुसले गत हप्ता इरानी राजदूतलाई बोलाएको थियो । युलियाले न्युजवीकको रुसी संस्करणसहित धेरै प्रकाशनका लागि काम गरिसकेकी थिइन ।
उनले २००४ मा स्कूलमा भएको नरसंहारबाट बचेका साक्षीहरूको गवाहीको आधारमा “बेस्लान शब्दकोश“ सहित दुई पुस्तकहरू लेखेकी छिन् । यस नरसंहारमा कम्तीमा ३३० व्यक्तिको ज्यान गएको थियो । जसमध्ये आधा भन्दा बढी बालबालिका रहेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।