हामीसँग जोडिनुहोस

मुक्तक – धन प्रसाद पुन ” दीपशिखा”

1 मिनेट
  ( १ )


जता हेर्‍यो उतैतिर भ्रष्टहरूको हालीमुहाली छ
पसिना बगाउने श्रमिकको गोजी सधैं खाली छ
राम्रो नराम्रो कहिल्यै छुट्याउन सकेन समाजले 
उल्टै खल नायकहरूलाई फूलमाला र ताली छ ।

      
    ( २ )


ओठ तालु सुके  पाइला गल्ने भयो अब
फेरि असन्तुष्टिको राँको बल्ने भयो अब
जतिसुकै ठूलो स्वरमा चिच्याएर कराऊ
स्वेच्छाचारी शासनसत्ता ढल्ने भयो अब ।

                     
     ( ३ )


छुटिनु थियो भने प्रेमको नाटक किन गर्‍यौ
सुखमा ठिकै थियो  दु:ख पर्दा पर पर सर्‍यौ
आफ्ना भए भरका  कमजोरीहरू लुकाएर
निर्दोष ठहरिन समाजको सामुन्ने भ्रम छर्‍यौ ।

(बागलुङ)

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।