हामीसँग जोडिनुहोस

नर्चा र हाकुफोहितिमा बजार अनुगमन

1 मिनेट

भक्तपुर, १८ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य रोशनमैया सुवालको नेतृत्वमा नर्चा र हाकुफोहितिसम्म १२ वटा पसलमा बजार अनुगमन भयो ।
अनुगमनमा गंगा लक्ष्मी खर्बुजाको खाजा पसल दर्ता नगरी संचालन गरेकोले तीन दिन भित्र दर्ता गर्न, बासी र म्याद नाघेको सामान छुट्टै राख्न र बेचविखन नगर्न, सरसफाई र व्यवस्थित रुपमा पसल संचालन गर्न निर्देशन दियो ।


त्यस्तै रामेश्वर खाजा घरमा दर्ता प्रमाण पत्र नभएकोले दर्ता भए प्रमाण पत्र पसलमा राख्न र नभए तुरुन्त पसल दर्ता गर्न निर्देशन दियो ।


त्यस्तै रबि स्टोरमा ढक तराजु नापतौल विभागमा नविकरण गर्न, नमोबुद्ध खाजा घरमा सरसफाईमा ध्यान दिन, देवनाथ हाजिरा दुसादको फर्निचर तीन दिन भित्र दर्ता गर्न, अनिल देशमरुको साधारण रेष्टुरा“मा सरसफाइमा ध्यान दिन, शिवराम किराना पसलमा म्याद नाघेको मिरिण्डा एक वटा र सिम्को नुडल उत्पादन मिति नभएकोले त्यो नष्ट गर्न, सुवाल नेवारी खाजा घरमा सरसफाईमा ध्यान दिन, प्रविण कोल्ड स्टोर व्यवस्थित गर्न, पुष्प खाजा घर, दाना उद्योग र देशेमरु स्टोर मिनिमार्टमा दर्ता गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमन समितिका भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राजबहादुर ड्गौरा, उद्योग बाणिज्य संघका सञ्जय जोन्छे र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागी थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।