
श्रावण १४ । पाकिस्तानको रावलपिण्डीमा एक सैनिक विमान बस्तीमा दुर्घटनामा १२ जना सर्वसाधारण र ५ जना विमानका अधिकारीसहित कम्तिमा १७ जनाको ज्यान गएकाे छ । दुर्घटनापछि आगो लाग्दा कयौं घर जलेका छन्। घटना के कारणले भएको हो भन्ने अनुसन्धान भइरहको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।