
काठमाडौं, २७ चैत्र ।
एलन मस्कले मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गरेर सधैंका लागि बाच्न सक्ने बताउनुभएको छ । मस्ककातर्फबाट यस किसिमको प्रविधि आजको कम्प्यूूटरको मेमोरीको स्वरुपबाट क्रमिक रुपमा उत्पन्न हुनेछ । कम्प्युटर र फोनले हाम्रो संचार गर्ने क्षमतालाई बढाइ दिन्छ । हामीले पहिलेनै मानव दिमागलाई कम्प्युटरको माध्यमबाट बढाएको छ । सिन्थेटिक शरीरहरुमा चेतनाहरु डाउनलोड गरेर मानव जीवनलाई लम्ब्याउने अवधारणा दशकौंसम्म मानव विज्ञान कथाको फिक्चर भएको छ । १९६४ को साइ फाइ उपन्यास ‘डुने’ले यी प्राणीहरुलाई साइमेक्स भनेको थियो । केही विज्ञहरु आज पनि दिमाग अपलोडिङ गर्ने प्रविधिले यसलाई सम्भव बनाउने विश्वास व्यक्त गरेका छन् । तर, यसको समयसीमा अत्यन्त अस्पष्ट भएको बताएका छन् ।