हामीसँग जोडिनुहोस

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

1 मिनेट

काठमाडौं, ३१ असोज ।
रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँको भनाइ छ । रुसले इरानमा बनेको कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेको छ । दुस्मनले युक्रेनका सहरहरूमा आक्रमण गर्न सक्ने तर आफुहरुलाई लाई तोड्न नसक्ने जेलेन्स्कीले बताउनुभएको छ । राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गर्नुभएको छ । युक्रेनले आफूहरूलाई थप हवाई आक्रमण रक्षा प्रणाली सहयोग गर्न पनि अमेरिका र युरोपेली देशलाई आग्रह गरेको छ । इरानले भने रुसलाई ड्रोन आपूर्ति गरेको अस्वीकार गर्दै आएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।