हामीसँग जोडिनुहोस

रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई

रिलेन्टलेस जर्नी पुस्तक सामाजिक कार्यको अभिलेखीकरण

2 मिनेट

काठमाडौं, २४ पुस । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।

गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी(रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष अनुपराज शर्माले मोक्तानलाई सम्मान गरेको हो । उनी विरामी भएका कारण उनको सम्मान नेपाल तामाङ घेदुङ संघका अध्यक्ष मोहन गोलेले सम्मान थाप्दै उहाँको घरमा पु¥याइदिने बचन दिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका सल्लाहकार एवम् प्रतिष्ठानका अध्यक्ष शान्तलाल मुल्मीद्वारा लिखित अंग्रेजी पुस्तक रिलेन्टलेस जर्नीको लोकार्पण गरिएको थियो । कार्यक्रममा पूर्व प्रधान न्यायधिस शर्माले नेपाल वृद्धाश्रमको रुपमा परिणत हुन लागेको र नेपाली परिवारलाई आर्थिकभन्दा पनि वढी सामाजिक चुनौति वढी देखिन थालेको बताए । उनले अहिलेको व्यवस्था अंग्रजी शव्द ‘गन’को तन्त्र हो कि महादेवको अनियन्त्रित टोली ‘गण’को को तन्त्र भएको हो कि भन्ने व्यंग्य गरे ।

उनले समाजसेवा निस्वार्थ हुनुपर्ने र मोक्तानले गरेको समाजसेवा अतुलनीय भएको भन्दै रुद्रलाल मुल्मीका विगतका समाजसेवा र उनका छोरा शान्तलाल मुल्मीका समाजसेवाको अनुकरण गर्नुपर्ने बताउँदै समाजसेवाको सिद्धान्त र क्रियाकलाप बुझ्न लोकार्पण गरिएको पुस्तक अध्ययन गर्नुपर्ने बताए ।

वरिष्ठ मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठले राणाकाल, पञ्चालतकाल र प्रजातान्त्रिक कालमा मुल्मी परिवारले सामाजिक कार्य गरेको चर्चा गरे ।राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले पुस्तकले आफूले आफैलाई चिन्नुपर्ने र आफैलाई पहिला खोतल्न अभिप्रेरणा दिने बताए ।

नेपाल मानव अधिकार आयोगका पूर्व सदस्य गौरी प्रधानले महात्मा गान्धीको अनुसरण गरी नेपालमा तुलसी मेहरसँग सहकार्य गरी नेपालमा स्वतन्त्रता, आत्मनिर्भरता र अहिंसाको शिक्षा रुद्रलाल मुल्मीले दिएको बताए । मुल्मीले महिलाहरुको उद्धार गरी सिपमुलक तालिम दिने, शिक्षा दिने, नेपाली स्वदेशी उत्पादनमा अभिप्रेरणा जगाउने कार्य गरेको प्रधानले जानकारी दिए ।

रुद्रलाल मुल्मीले सामाजिक कल्याणको कार्य गरेको उनको छोरा शान्तलाल मुल्मीले सामाजिक विकासका लागि काम गरेको र आफूहरुको पालामा आएर सामाजिक सशक्तिकरणका कार्य गरेको दृष्टान्त गौरी प्रधानले प्रस्तुत गरे । अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा.अर्जुन कार्कीले रुद्रलाल मुल्मीले राज्यसत्ता फेर्नेदेखि जनताको जीवनशैली फेर्नेसम्म कार्य गरेको र सोको अभिलेखिकरण गर्ने काम पुस्तकमार्फत केही हदसम्म भएको जानकारी दिए ।

पुस्तकका लेखक शान्तलाल मुल्मीले मनु तामाङको सामाजिक कार्य र समाजेवी रुद्रलाल मुल्मीमा कार्यगत विशेषता मिल्दाजुल्दा खालको देखिएको र निस्वार्थ रुपमा सेवा गर्नेलाई बर्षेनी सम्मान गर्दै जाने बताए । आफू कुनै लेखक नभएको तर लकडाउनका बेलामा यत्तिकै बस्नुभन्दा किताव लेख्नु राम्रो भनेर नेपालीमा मभित्रको म लेखेको र अहिले अंग्रेजीमा रिलेन्टलेस जर्नी पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।