नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरमाथि गरिएको निर्णयपछि राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार साँझ ८ बजे मोदीले राष्ट्रका नाममा सम्बोधन गर्ने तालिका सार्वजनिक भएको हो । कश्मीरको अधिकार कटौती गरेपछि उत्पन्न विवाद र समस्या उनको सम्बोधनमा समेटिने बताइएको छ । भारतमै प्रतिपक्षी दलका नेता तथा अन्य स्वतन्त्र बुद्धिजीवीले पनि कश्मीरमाथिको निर्णयमा विरोध जनाउँदै आएका छन् । कश्मीरमा भने सरकारले र्कफ्यु लगाइरहेको छ ।