मंसिर २,काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी बहुमतले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव कञ्चनले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिस्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
विज्ञप्तिमा थप भनिएको छ – ‘हाम्रो पार्टीले देशको जटिल राजनीतिक अवस्थालाई गम्भीर तरिकाले नियाली रहेको छ । नेपाली जनता माथि थोपरिएको दलाल पुँजीवादी उत्पीडन, नवऔपनिवेशिक पराधीनता र यसले सृजना गरेको राजनीतिक अस्थिरताले देशलाई विस्फोटक अवस्थामा पुर्याईरहेको छ । यो अवस्थालाई एकातिर पश्चगामी शक्तिहरूले पुरानो अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा फर्काउन उपयोग गर्ने अधिकतम कोसिस गर्नेछन् भने यथास्थितिवादीहरू यही दलाल पुँजीवादी व्यवस्थालाई नै संस्थागत गर्न उद्धत रहनेछन् ।