हामीसँग जोडिनुहोस

चाँगुनारायण नगरपालिकाद्धारा ताथलीका सबै बालुवा, माटो खानीमा सिल, उपप्रमुख बुढाथोकीको टोलीद्धारा अनुगमन

2 मिनेट

भक्तपुर, २१ चैत : चाँगुनारायण नगरपालिकाले दुईदिनमा अबैध रुपमा सञ्चालित पाँचवटा बालुवा तथा माटो खानी सिल गरेको छ । चाँगुनारायण्न नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वको नगरपालिकाको टोलीले दुईदिनमा चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकास्थित पाँचवटा अबैध माटो तथा बालुवा खानी बन्द गराएर सिल गरेको हो ।

खानीहरुको अनुगमनका क्रममा दिनभर सुनसान र रातभर डोजर चलाएर क्यान्सर अस्पतालदेखि निजी क्षेत्रले माटो तथा बालुवा खानी अबैध रुपमा सञ्चालन गरि हजारौ टिपर बालुवा तथा माटो चोरी पैठारी गरेको पाईएपछि नगरपालिकाले अनुगमन गर्दै त्यस्ता खानीहरु बन्द गराएको नगरपालिकाका उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

उपप्रमुख बुढाथोकीको नेतृत्वमा नगरपालिकाको राजस्व शाखा, प्राविधिक शाखाका कर्मचारीहरू तथा नगर प्रहरीसमेतको टोलीले सञ्चारकर्मीहरूको उपस्थितिमा ताथलीको धाराकुलोमा व्यक्तिको जग्गामा अवैध रूपमा सञ्चालित माटो र बालुवा उत्खनन गरिरहेको अबस्थामा फेला पारी सिल गरेको छ ।

यसैगरी ताथलीको काठमाडौं क्यान्सर सेन्टरको गेट प्रयोेग गरी माटो र बालुवा तस्करी भएको तथ्य फेला परेपछि गेटमै ताला लगाएर उपप्रमुख तीन दिन भित्र नगरपालिकामा सम्पर्कमा आउन अस्पताललाई पुर्जी काटेको छ । चाँगुनारायण नगरपालिका–९ ताथली फैढोकास्थित काठमाडौं क्यान्सर अस्पतालको मिलेमतोमा अबैध रुपमा बालुवा तथा माटो तस्करी गरेको पाईएपछि रातीनै नगरपालिकाले अस्पतालको दोश्रो गेटमा ताला लगाईदिएको थियो ।

अबैध तस्करी रोक्नु पर्ने प्रहरी र प्रशासनक मिलेमतोमा अस्पतालकै संलग्नतामा रातभरी अबैध रुपमा बालुवा, माटो तस्करी गरिरहेको पाईएको उपप्रमुख एवं अनुगमन समितिका संयोजक बुढाथोकीले बताउनुभयो । उहाँले नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कुनै पनि खानी सञ्चालनको लागि अनुमति नदिएको बताउदै त्यसरी खानी सञ्चालन भएको जानकारी आए लत्कालै खबर गर्न समेत आव्हान गर्नुभयो ।

उपप्रमुख बुढाथाकीले भन्नुभयो, “अस्पताल पछाडिबाट अस्पतालको गेट प्रयोग गरि अवैध रुपमा माटो ओसारपसार गरिरहेको देखियो । अस्पताल पछाडिको पूरै ढिस्को सकिएछ, तस्करहरूले अस्पतालको पछाडि जाने दोश्रो गेट प्रयोग गरेर करिब तीन हजार टिपर बालुवा, माटो तस्करी गरेको पाइयो । त्यसैले अस्पताल पछाडि जाने गेटमा ताल्चा लगाएका हो अनुगमनका क्रममा अन्य पाँच खानीलाई पनि सिलबन्दी गरेर बन्द गराएका छौँ ।”

राती करिब ९ बजे अस्पतालले गेटको ताल्चा खोलिदिने र रातभरि बालुवा माटो ओसार पसार गरे पछि बिहानीपख अस्पतालल् गेटमा ताला लगाउने गरेको पाईएको बताउदै उहाँले यसमा प्रहरीको समेत मिलेमतो रहेको उहाँले बताउनुभयो । ताथलीबाट भक्तपुरतर्फ आउँदा हनुमन्ते खोलामा प्रहरीको बिट नै रहेपनि प्रहरी र प्रशासनको मिलेमतोका कारण प्रहरीले कुनै पनि गाडी नियन्त्रण नगरी पठाउने गरेको समेत खुलेको उहाँले बताउनुभयो ।

उपप्रमुख बढाथोकीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई र जिल्ला प्रहरी परिसर भक्तपुरलाई अबैध बालुवा माटो ओसार पसार रोक्न नगरपालिकाले पत्र काटेर बताउनुभयो । बन्द गराएको खानी सञ्चालनकालाई नगरपालिकाको नियमानुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।