श्रावण २७ । ग्लोबल टि–२० लिगको उपाधि सोमपाल कामीको सम्मिलित टिम विनपेग हक्सले जितेको छ । क्यानडाको प्रतिष्ठित लिगका रुपमा रहेको प्रतियोगितामा टिमको जितेसँगै पहिलो विदेशी लिग जित्ने खेलाडीका रुपमा सोमपाल कामी रहन सफल भए । हक्सले सुपर ओभरमा भानकोभर नाइट्सलाई स्तब्ध पार्दै उपाधि जित्यो।
प्रतियोगिताभर सोमपालले एकपटक मौका पाए पनि खराब स्पेसलका कारण त्यसपछि टिममा समावेश भएनन्। फाइनलमा पनि उनी बेच्नमा रहेका थिए । यद्यपि, रोमाञ्चक बनेको फाइनलमा हक्सलाई च्याम्पियन बन्न सुपर ओभर कुर्नु र्पयो। सुपर ओभरमा १० रनको लक्ष्य ४ बलमा पूरा गर्दे च्याम्पियन बन्न सफल भयो। आन्द्रे रसेललाई क्रिस लीनने तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गर्दै जित पक्का गरे ।