हामीसँग जोडिनुहोस

भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा कम्तीमा १५ को मृत्यु

1 मिनेट

भारत, भाद्र २ । भारतको महाराष्ट्र राज्यको धुले जिल्लामा आइतबार राति बस र ट्रक एकआपसमा ठोक्किँदा १५ जनाको ज्यान गएको र ३५ जना भन्दा बढी घाइते भएका छन् । महाराष्ट्र राज्यले सञ्चालन गरेको बस औरङ्गावादबाट शहादा जाँदै गर्दा ट्रकसँग ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नीमगुल गाउँ नजिक दुर्घटना भएको हो । दुर्घटनापछि ठक्करको तीव्रताका कारण ट्रक पल्टिएको र नराम्रोसँग क्षतिग्रस्त भएको थियो । बसका चालकको घटनास्थलमा नै ज्यान गएको छ । बसमा कति जना सवार थिए भन्ने बारेमा थाहा भैसकेको छैन । घाइतेहरुलाई अस्पताल लगिएको छ । दुर्घटनाको स्थिति हेर्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।