
भाद्र ४ । अमेरिकाका वाणिज्य सचिवले चिनियाँ टेलिकम कम्पनी हुवावेमाथि अमेरिकाले लगाएको प्रतिबन्ध ९० दिनका लागि स्थगित भएको सोमबार घोषणा गरेका हुन् ।
केही ग्रामीण कम्पनीहरु हुवावेमा निर्भर भएको ती कम्पनीहरुलाई हुवावेबाट अलग हुनका लागि केहीसमय दिइएको हो । हुवावेलाई तीन महिनाको छुट दिँदा उसका उपकरणमा निर्भर अमेरिकी तथा अन्य देशहरुका कम्पनीलाई आफ्नो निर्णय लिनका लागि लामो समय प्राप्त हुनेछ । यसले तत्काल हुवावेका मोबाइल फोन प्रयोगकर्ताले पनि समस्या व्यहोर्नु पर्नेछैन ।